काठमाडौं, मङ्गलवार ५ असोज

समयमै रासायनिक मल ल्याउन नसक्दा कारबाहीमा परेका कम्पनीका एक ठेकदारलाई सरकारले प्रबल जनसेवाश्री पदकमार्फत सम्मान गरेको पाइएको छ।

सरकारले होनिको मल्टिपल प्रालिका सञ्चालक हुमनाथ कोइरालालाई निर्माण व्यवसायीको रुपमा विभूषित गर्ने निर्णय गरेको हो। उनको नाम जनसेवाश्री पदक पाउने समूहको १०८ नम्बरमा उल्लेख छ। कोइराला सत्तारुढ दल नेपाली कांग्रेस निकट निर्माण व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्षसमेत हुन्।

कोइरालाको कम्पनीले गत वर्ष धान रोप्ने सिजनमा प्रयोग गर्न मिल्ने गरी २५ हजार मेट्रिक टन युरिया मल ल्याउने सम्झौता सरकारसँग गरेको थियो। तर समयमै मल ल्याउन नसकेपछि कृषि सामग्री कम्पनीले सम्झौता भंग गरेर धरौटी जफत गरेको थियो। कारबाही फुकुवा नहुँदै सरकारले भने कोइरालालाई पदकमार्फत प्रोत्सहन गरेको छ।

कृषि सामग्रीको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले २०७७ फागुन २२ देखि २०७८ फागुन २१ सम्म होनिको मल्टिपल कम्पनीलाई कालो सूचीमा राखेको छ। कोइरालाको होनिको मल्टिपलले २५ हजार टन युरिया मल ल्याउन ९३ करोड २५ लाख भन्दा केही बढीको ठेक्का हात पारेको थियो

Leave a Reply

You may also like

%d bloggers like this: