काठमाडौं, शनिवार २ असोज

कोरोनाविरुद्ध चिनियाँ भेरोसेलको दोस्रो डोज खोप लगाउनका लागि सरकारले ३ दिनको समय निर्धारण गरेको छ। पहिलो डोज लगाएकाहरुलाई यहीँ असोज ४ गतेदेखि दोस्रो मात्राको चिनियाँ भेरोसेल खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्‍म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भनिएको छ। ३ दिनको समयमा मन्त्रालयले काठमाडौं महानगरपालिकासहित १० नगरपालिका र अन्य अस्पतालमा खोप लगाउने व्यवस्था मिलाएको छ।

महानगर र नगरपालिका गरी ३२ वडामा खोपको व्यवस्था गरिएको पनि मन्त्रालयले सूचनामार्फत् जानकारी दिएको छ। यसैगरी महानगर र नगरपालिकाभित्र खोप केन्द्र पनि निर्धारण गरेको छ।

Leave a Reply

You may also like

%d bloggers like this: