काठमाडौं, आईतवार २४ साउन

नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठको विषेश आतिथ्यतामा र नेपाली काँग्रेस विपीका नुवाकोट जिल्ला सभापति एवं केन्द्रीय सदस्य श्यामबहादुर गुरुङको प्रमुख आतिथ्यतामा शनिवार नृत्य निर्देशक संघ काठमाडौं शाखाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। उक्त सभाबाट बुद्ध लामाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन्।

संघको नयाँ कार्य समितिको उपाध्यक्षमा अर्जुन तामाङ र महेश थापा, सचिवमा देवराज गुरुङ, सहसचिवमा छिरिङ लामा, कोषाध्यक्षमा ममता राई र सह–कोषाध्यक्षमा निरु फुँयाल निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै सदस्यमा अनिल भुजेल, पूर्णबहादुर स्याङ्तान, लक्ष्मी पुरी, सरस्वती पोखरेल, समृद्धि पन्त र भक्त कुमार राई निर्वाचित भएका छन्। कार्यक्रममा काठमाडौं शाखाका सल्लाहकारहरु वरिष्ठ चलचित्र नृत्य निर्देशक कमल राई, नृत्य निर्देशक केपी पौडेल, भक्तपुर शाखाका अध्यक्ष चुडामणि फुयाल, ललितपुर शाखाका सचिव मिर्नरवा शर्मा राजोपाध्याय लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा गतबर्ष कोरोनाको महामारी र लकडाउनको कारण समस्यामा परेका नृत्याकारहरुलाई राहत वितरण गर्न सहयोग गर्ने व्यक्तिलाई सम्मान र संघको गतिविधिलाई सञ्चार माध्यमबाट अघि ल्याउन सहयोग पुर्‍याउने सञ्चार गृहहरुलाई धन्यवाद पत्रद्वारा सम्मान गरिएको थियोे।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै वरिष्ठ नृत्य निर्देशक कमल राईले ३८ बर्ष अघि बम्बई अहिलेको मुम्बईबाट आफू नेपाली चलचित्र “कान्छी” को नृत्य निर्देशन गर्न नेपाल आएको बताए। त्यसबेला नेपाल अत्यन्तै प्रकृतिले भरिपुर्ण र सुन्दर लागेर नेपालमै बसेको सुनाए। नेपालीहरुमा नृत्यको अत्यन्तै क्षमता भएको उल्लेख गर्दै बलिउडका चलचित्रमा कत्थक नृत्य निर्देशन गर्ने नेपालीहरु नै अब्बल रहेको बताए। यस क्षेत्रलाई सरकारले सहयोग गर्ने हो भने विश्वमा नै नेपाली नृत्य फैलाउन सकिने पनि राईले बताए।

अर्का सल्लाहकार केपी पौडेलले नाचले मानिसको शरीरमा ऊर्जा बढाउने काम गर्ने भन्दै ‘जो नाच्न उ धेरै बाँच्छ’ भन्ने उक्ति प्रचलनमा आएको उनले बताए। चलायमान नहुँदा मेसिनमा खिया लागेजस्तै मानिसको शरीरमा पनि खिया लाग्ने भन्दै शरीर चलायमान बनाउनका लागि पनि नृत्य अति नै अवश्यक रहेको उनले बताए। नेपालका पौराणिक नृत्यहरू लोप हुँदै गइरहेकोले त्यसको संरक्षण गर्नु पर्ने पौडेलले बताए।

सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस विपीका नुवाकोट जिल्ला सभापति एवं केन्द्रीय सदस्य श्यामबहादुर गुरुङले पछिल्लो समय नेपाली कला संस्कृति अतिक्रमणमा परेको बताएका छन्। संस्कृति पुर्खाले संरक्षण गरेर गएको भए पनि अहिले दोधारमा रहेको छ, उनले  भने, ‘कलाकारलाई राज्यले सम्मान गर्नुपर्ने, कला संस्कृतिको जर्गेर्नामा राज्यले ध्यान दिनुपर्छ।’ कला संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि आङ्खनो पार्टीले पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुवनदास श्रेष्ठले कोरोनाको कारण लामो समयदेखि नृत्य निर्देशन पेशा सञ्चालन हुन नसकेको बताउँदै नृत्य निर्देशनमै भर परेकाहरू समस्यामा रहेकोे बताए। परिस्थिति सधैं एकै नरहने हुँदा धैर्य गर्नपनि श्रेष्ठले अनुरोध गरेकाछन्। कार्यक्रममा भक्तपुर शाखाका अध्यक्ष चुडामणि फुयाल र ललितपुर शाखाकि सचिव मिनर्वा शर्मा राजोपाध्यायले शुभकामना मन्तव्य दिदै काठमाडौं शाखाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए। कार्यक्रम सचिव देवराज गुरुङले संचालन गरेका थिए

Leave a Reply

You may also like

%d bloggers like this: