काठमाडौं, मङ्गलवार १२ साउन

कोरोना कहर दोस्रो लहरको कारण आफ्ना विद्यार्थीलाई भौतिक रूपमा शिक्षा दिन नपाएको जोसेफ कलेज, जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलले कोरोनाकै कारण समस्या र अभाव भोक्दै आएका आफ्ना विद्यार्थीका अभिभावक र अन्य सर्वसाधारण नागरिकलाई पहिलो चरणको राहत वितरण गरेको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना-१९ को दोश्रो भेरियन्ट संक्रमण र बाढीपहिरोको कारण आफ्नो रोजगार र व्यवसाय गुमाएका, परिवारका सदस्य संक्रमीत भएर हातमुख जोड्न समेत समस्यामा पर्नु भएका बुढानिलकण्ठ नगरपालिका वडा न १० र १२ का विपन्न परिवार, विद्यालयका कर्मचारी, दैनिक गुजारा गर्न समेत अप्ठेरोमा पर्नु भएका जोसेफ एजुकेसनल नेटवर्कका अभिभावकहरु समेत १५५ परिवारको लागि बोधिसत्व विहारसंगको सहकार्यमा हिजो २०७८ श्रावण ११ गते सोमबार राहत एक कार्यक्रम आयोजना गरि खाद्यान्न राहत वितरण गरेको हो।

राहत प्याकेजमा २५ केजि जिरा मसिनो चामल, एक-एक केजि कालो दाल, रातो दाल, राज्मा, चना, केराउ, चिनी, नुनका साथै तेल, मसला, बेसार, नुहाउने साबुन, लुगाधुने साबुन, भाँडा माझ्ने साबुन गरेर प्रती परिवार करिब रु.३५००/- को दरले जम्मा रु. ५,४२,५०० को राहत सामग्री वितरण गरिएको थियो।

राहत वितरण कार्यक्रमा बोधिसत्व विहारका प्रमुख सहित विहार परिवार, बूढानीलकण्ठ नगरपालिका वडा- १० का सदस्य भुप प्रसाद रेग्मी, वडा न १२ का समाजसेवी, कामपा वडा न.६ का समाजसेवी योगेन्द्र ढकाल, जोसेफ हाई स्कुल/ कलेजका संस्थापक प्राचार्य सुर्य बहादुर अधिकारी, ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्राचार्य मनोज अधिकारी, जोसेफ हाई स्कुलका सहायक प्राचार्य दिपक अधिकारी, ईन्चार्जहरु अमित अधिकारी, ज्ञानेन्द्र रीजाल, स्मीता रीजाल, चाँदनी श्रेष्ठ, नृत्य प्रशिक्षक प्रकाश शर्मा, संचारकर्मी तथा समाजसेवी सबिन पन्त, कपन जेसिजका अध्यक्ष नवराज वन तथा महासचिव डि जे अधिकारी, जुनियर जेसिज अध्यक्ष सुयेक गुरुङ, महासचिव शेखर चालिसे, जुनियर जेसिज सदस्य सार्थक दाहाल लगायतको उपस्थितिमा एकदम नै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भौतिक दुरी कायम गरि व्यवस्थित रुपमा पहिलो चरणको राहत वितरण सम्पन्न गरिएको थियो।

कार्यक्रममा छोटो शुभकामना मन्तव्य राख्दै विद्यालयका संस्थापक प्राचार्य सूर्यबहादुर अधिकारीले आगामी दिनमा विभिन्न सामाजीक संघ-सस्था संगको सहकार्यमा राहत वितरणलाई निरन्तरता दिईने बताएका छन्। अधिकारीले भने” मानिसको आधारभूत आवश्यकता स्वास्थ्य शिक्षा लगायत बाँच्न पाउनु हो। अहिलेको विषम परिस्थितिमा जोसेफले भौतिक रूपमा उपस्थित भएर विद्यार्थीलाई शिक्षा दिन नपाए पनि बाँच्नको लागि चाहिने खाद्यान्न सहयोग गर्न पाएकोमा खुशी लागेको छ।”

यसबाट के देखिन्छ भने जोसेफ एजुकेसनल नेटवर्क शिक्षा दिने व्यवसायीक संस्था मात्र नभएर समाजभित्र आईपरेका समस्या र चुनौतीलाई हटाउन सामाजिक कार्य पनि गर्ने उत्कृष्ट संस्था हो भन्ने प्रमाणित भएको छ।

Leave a Reply

You may also like

%d bloggers like this: