काठमाडौं, सोमबार ११ साउन

नेपालमा आज ३ हजार ४ सय २१ जनामा कोरोना भाइरस पुष्टि भएको छ। आरटी पिसिआर विधिबाट २ हजार ३ सय ९१ र एन्टिजेन विधिबाट १ हजार ३० जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट १२ हजार २ सय ४० र एन्टिजेन विधिबाट ५ हजार ३२ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

आजसम्म देशभरी पिसिआर विधिबाट ६ लाख ८२ हजार ९ सय ४७ र एन्टिजेन विधिबाट ५५ हजार ९सय ७१ जनामा संक्रमण देखिएको छ। 

कोरोना भाइरस संक्रमणका कारण देशभर थप २५ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ।यस्तै आज थप १ हजार ६ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३ सय १ पुगेको मन्त्रालयले जनाएको छ। 

Leave a Reply

You may also like

%d bloggers like this: