काठमाडौं, सोमबार ११ साउन

पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१५ लक्ष्मण वा चोकस्थित होटलबाट १ थान कटुवा पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२५ सिर्सिया बस्ने २२ वर्षीय अनिल पटेल, सोही ठाउँ बस्ने २० वर्षीय रकि पटेल र पोखरिया नगरपालिका–२ बस्ने २० वर्षीय विक्रान्ता पटेल रहेका छन्।

उनीहरु उक्त होटलमा अनटेष्ट लेखेको मोटरसाइकल र प्रदेश २–०३–०१३ प २०९७ नम्बरको मोटटरसाइकलमा आएका व्यक्तिहरुले कटुवा पेस्तोल बोकी खाजा खाईरहेका थिए। विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले तलासी गर्दा अनिलको साथबाट उक्त पेस्तोल फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। उनीहरू थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

You may also like

%d bloggers like this: