काठमाडौं, सोमबार ११ साउन

टी–ट्वान्टी वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निकालेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो। 

नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ। यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो। नयाँ वरीयतामा नेपाल टेस्ट राष्ट्र आयरल्यान्डभन्दा अघि रहेको छ। नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो।

टी–ट्वान्टीको नयाँ वरीयताको शीर्ष स्थानमा इङ्ग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्यान्ड रहेका छन्। चौथो पाकिस्तान र पाँचौं अस्ट्रेलिया रहेको छ। नेपाल एक दिवसीय वरीयतामा भने १६ औं स्थानमै रहेको छ। 

Leave a Reply

You may also like

%d bloggers like this: