काठमाडौं, आईतवार ३ साउन

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आइतबार ९२ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य महासंघले ९२ हजार एक सय रुपैयाँ तोकेको छ। यस्तै चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ। शुक्रबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार एक हजार दुई सय ९५ रुपैयाँमा झरेको छ।

Leave a Reply

You may also like

%d bloggers like this: