काठमाडौं, विहिवार ३१ असार

बूढानीलकण्ठकि सान निहारिका ज्ञवाली भ्वाइस अफ नेपालकाे सिजन ३ मा आफ्नाे प्रस्तुतिद्वारा सबैको मन जित्न सफल भएकी छन्। सिजन ३ टिम प्रमाेदकी सदस्य रहेकी बुढानिलकण्ठ नगरपालिका वडा नं.१० की निहारिका अर्काे राउण्डमा पुग्न अत्यन्तै मेहनत गरिरहेकी छन्। टप १२ सम्म पुग्दा उत्कृष्ट प्रस्तुति दिएकी निहारिका अर्काे राउण्डका लागि पूर्ण तयारीमा रहेकी उनको पारिवारिक स्रोतले जनाएको छ।

भ्वाइस अफ नेपाल सिजन ३ काे अर्काे राउण्डमा पुग्न उनलाई अब प्रस्तुतिसँगै राम्राे भाेट सपोर्टकाे पनि आवश्यक छ। निहारिकालाइ जिताउन भनेर कुनै ठूलाे क्याम्पेनिङ्ग भने गरिएको छैन। यद्यपि उनकाे प्रस्तुतिका समर्थक र प्रशंसकहरू भने सक्रिय रहेका छन्। बूढानीलकण्ठ नगरपालिकाकि चेलीको प्रतिष्ठाको उचाईको लागि उनलाई बूढानीलकण्ठबासीले शुक्रवारसम्म मोबाईलको म्यासेज बक्समा गएर निहारिकाकाे भाेटिङ काेड ९ लेखेर ३७००० मा म्यासेज गर्न सक्छन्। याे भाेटिङ गर्न भने विश्वको कुनैपनि स्थानमाट पाइने छ।

Leave a Reply

You may also like

%d bloggers like this: