काठमाडौं, शुक्रवार २५ असार

साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९२ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो प्रतितोला ९२ हजार ३ सय तोकिएको थियो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको छ। प्रतितोला ५ रूपैयाँ घटेको चाँदीको मूल्य १ हजार ३०५ निर्धारण गरिएको छ।

Leave a Reply

You may also like

%d bloggers like this: