काठमाडौं, शुक्रवार २५ असार

प्रदेश-२, सर्लाहीको हरिवनमा हिजो बिहीबार १०९ परिवारलाई ऐलानी जग्गामा बनेका गाउँ ब्लक जग्गाको लालपूर्जा वितरण गरिएको छ।

वर्षौंदेखि ऐलानी जग्गामा घर बनाएर बसोबास एवं भोगचलन गर्दै आएका परिवारलाई गाउँ ब्लकमा पर्ने भनी नापी कार्यालय, मलंगवाले लालपुर्जा अर्थात् जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेको हो।

हरिवन नगरपालिकाको वडा नं. ५, ७ र १० मा आठ बिघा एक कठ्ठा तीन धुर जग्गा पर्ने १८९ कित्ता संख्यामध्ये २०७१ सालमा नापनक्सा गर्नेक्रममा दर्ता गरिएको १०९ कित्ताको लालपुर्जा वितरण गरिएको नापी कार्यालय, मलंगवाका नापी अधिकृत सविन विकेले जानकारी दिए।

वर्षौंदेखि गाउँ ब्लक जग्गामा बसोवास गर्दै आएकाहरु लालपूर्जा पाएपछि खुसी भएका छन्। हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाईले निरन्तरको पहलपछि गाउँ ब्लक जग्गामा बस्नेहरुलाई लालपूर्जा उपलब्ध गराउन सफल भएको बताए। उनले नगरको अन्य बाँकी वडामा पनि गाउँ ब्लकमा बस्दै आएकाहरुलाई जग्गाको लालपुर्जा वितरण गर्ने प्रयास भइरहेको जानकारी दिए। नाम दर्ता गरिएको तर नापजाँच हुन बाँकीको पनि प्रक्रिया शुरु गरिएको नगर प्रमुख प्रसाईंले एचटिभी खबरलाई बताएका छन्। विवादरहित जग्गाको तुरुन्तै र कुनै जग्गामा विवाद देखिएमा पनि त्यसको समाधान गरेर पनि लालपुर्जा उपलब्ध गराईने प्रसाईंले बताए।

Leave a Reply

You may also like

%d bloggers like this: