काठमाडौं, बिहीबार २४ असार

सप्तरीमा बस र ट्रक एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका–२ स्थित सितापुरमा बिहीवार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ७६२० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ख ६८४५ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

घाइतेहरूलाई तत्कालै प्रहरीले उद्धार गरी उपचारका लागि महुली पोली क्लिनिक महुली बजारमा प्राथमिक उपचारका लागि पठाइएको र प्राथमिक उपचारपछि थप उपचारका विराटनगर पठाईएको जिल्ला प्रहरी कायाृल्य सप्तरीका प्रवक्ता माधब प्रसाद काफ्लले जानकारी दिए।

Leave a Reply

You may also like

%d bloggers like this: