काठमाडौं, शुक्रवार ४ असार

चलचित्र विकास बोर्डले हालै मात्र गठन गरेको चलचित्रकर्मी विपद व्यवस्थापन कोषलाई नेपाल चलचित्र कलाकार संघले आर्थिक सहयोग गरेको छ।

नेपाल चलचित्र कलाकार संघ केन्द्रीय कार्यालयले ३०,०००।- र नेपाल चलचित्र कलाकार संघ युके शाखाको तर्फबाट रू २५,०००।-गरी रु.५५०००/- चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाललाई संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खडका र शाखा युकेका उपाध्यक्ष सुरेशराज पाठकले हस्तान्तरण गरेका थिए।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडकाले विपद व्यवस्थापन कोषलाई क्रियाशिल बनाई आपत विपद पर्दा चलचित्रकर्मीलाई सहयोग गर्न सकिने कुरालाई मध्य नजर गरेर कोषलाई सहयोग गरिदिन युके शाखा लगायत स्वदेशी तथा विदेशी दाताहरूलाई अनुरोध गरेका थिए। उनको अनुरोध अनुसार युके शाखाबाट सहयोग उपलब्ध गराएकोमा युके शाखालाई धन्यवाद दिएका थिए।

कोषलाई रकम हस्तान्तरण को कार्यक्रममा संघका अध्यक्ष रवीन्द्र खडका, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, कोषाध्यक्ष सुनिल कटवाल, संघका कार्यकारिणी सदस्य उद्धव भट्टराई, कार्यकारिणी सदस्य रामेश्वर बुर्लाकोटी, कार्यकारिणी सदस्य तथा चलचित्र जांच समितिका सदस्य राजेश महर्जन, युके शाखाका उपाध्यक्ष सुरेश राज पाठक, कलाकार संघका सदस्य तथा एचटिभी खबरका अध्यक्ष सबिन पन्त लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो।

रकम हस्तान्तरण पछि चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले कलाकार संघले भर्खरै गठन भएको चलचित्रकर्मी विपद व्यवस्थापन कोषलाई सक्रिय बनाउन रकम प्रदान गरेर जुन क्रियाशिलता देखाएको छ त्यसको लागि विकाश बोर्डको तर्फबाट धन्यवाद दिदै एकबर्ष भित्रमा विकास बोर्डले पनि केही रकम उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए। उक्त कोषमा अबको दश महिनाभित्र करिब ३ करोड रकम जम्मा गराउने लक्ष्य रहेको पनि दाहालले बताए।

चलचित्रकर्मीलाई प्राकृतिक र अन्य कारणबाट विपद पर्दा यस कोषबाट सहयोग हुने गरी चलचित्रका वर्गीय संस्थाहरूको सहभागितामा चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालको सक्रियतामा उक्त करिब ५ महिना अघिमात्र गठन गरिएको थियो। कोषमा चलचित्रका पेशागत संस्थाहरूको प्रतिनिधित्व रहेको संचालक समिति गठन गरिएको छ।

साथै चलचित्रकर्मी विपद व्यवस्थापन कोषलाई सक्षम बनाउन चलचित्रकर्मी लगायत स्वदेशी तथा विदेशी मनकारी दाताहरूमा आर्थिक सहयोग प्रदान गरिदिन कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले अनुरोध गरेका छन्। हाल उक्त कोषमा चलचित्र विकास वोर्डले ३ लाख ४१ हजारको अक्षयकोष मोहन निरौलाले प्रदान गरेको १०,५००/- कलाकार संघको ५५ हजार गरेर ४ लाख ६ हजार ५ सय रुपैयाँ सिटिजन बैंकमा रहेकोे छ। उक्त विपद व्यवस्थापन कोषलाई संचारकर्मी स्वतन्त्र महर्जनले रु.५५००/- प्रदान गर्ने घोषणा गरिसकेका छन्।

Leave a Reply

You may also like

%d bloggers like this: