यो छविमा खाली alt विशेषता छ; यसको फाईल नाम cropped-FB_IMG_1533702436471.jpg हो

काठमाडौं,सोमबार १० जेठ

अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेक्षविक्रम राणासँग बिहे गरेको चार महीना हुँदै थियो। अभिनेत्री शर्मा र श्रीमान् दिपेक्षविक्रम पनि महामारीका कारण रनभुल्लमा थिए । त्यसैले त्यस समयमा उनीहरूले सन्तान जन्माउने योजना बनाएनन्।

यतिबेला ऋचाको गर्भमा बच्चा हुर्किरहेको छ। गर्भ रहेको ६ महीना भइरहँदा ऋचामा फरक महसूस छ। तर, गर्भ रहेको थाहा पाउँदा ऋचाले गरेको महसूस बेग्लै थियो। ऋचा भन्छिन्, ‘हामीलाई दोस्रो चरणको कोरोनाभाइरसको लहर आउँछ भन्ने थाहा थिएन। तर, गत वर्ष योजना बनायौं। फेरि के भयो भयो ।’कोरोनाको संक्रमण विस्तारै कम भयो। माहोल विस्तारै पुरानै अवस्थामा फर्किंदै थियो। ऋचा र दिपेक्षविक्रमलाई अब भने सन्तान जन्माउँदा केही फरक पर्दैन भन्ने लाग्यो।

गर्भवती भएपछि ऋचाले आफूले खासै गाह्रो महसूस नगरेको बताइन्। भनिन्, ‘धेरै महिलालाई रिंगटा लाग्ने, वान्ता हुने हुन्छ। तर मलाई त्यस्तो भएन। म चलचित्र र वेव सिरिजमा काम गरिरहेकी थिएँ। डाक्टरको सल्लाहले आफूलाई अगाडि बढाइरहेकी छु।’ऋचा सम्झिन्छिन्, ‘हामीले बच्चाका लागि योजना बनायौं। भगवानको कृपाले लामो समय पर्खिनुपरेन। पिरियड मिस भएपछि बच्चा रहेको महसूस भयो। डाक्टरले बच्चा रहेको जानकारी गराउँदा एकछिन त विश्वास नै लागेन।’

सहज रूपमा नियमित काम गरिरहँदा उनलाई आफू गर्भवती छु भन्ने पनि लागेन। यद्यपि शुरूको दुई महीना खाना खान खासै रुचि नभएको उनले सुनाइन्। ‘शुरूको समयमा चार-पाँच किलो तौल घटेको थियो’, उनले भनिन्, ‘तर, बच्चा बढ्दै जाँदा आमाको तौल पनि बढ्नुपर्छ भन्ने डाक्टरको सुझाव छ। त्यसैले  आफ्नो तौल बढाइसकेकी छु।’

Leave a Reply

You may also like

%d bloggers like this: