सिम्पल आर्ट्सको २५औं सिम्पल सम्मान कार्यक्रम सम्पन्न

सबिन पन्त 'पृथक' ८ फाल्गुन २०७९, सोमबार ०२:२६ मा प्रकाशित

सिम्पल आर्ट्सले आफ्नो रजत महोत्सवको अवसर पारेर फागुन ७ गते विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने पाँच प्रतिभालाई सिम्पल सम्मान २०७९ अर्पण गरेको छ।

सभापति ,प्रमुख अतिथि, अतिथि ,मन्च बिना नै आयोजना गरिएको सो कार्यक्रममा कलाकार प्रज्ञा जोशीलाई साहित्यकारहरु विष्णु ओली,सन्तोष पोखरेल,  प्रिन्सिपल  ज्ञानेन्द्र भट्टराईले खादा, रुद्राक्षको माला र सास लगाइदिएर र साहित्यकार दिवाकर विक्रम शाहले सम्मान पत्र प्रदान गरेर सम्मान गरेका थिए।

त्यसैगरी साहित्यकार ललिता दोषीलाई साहित्यकारहरु राजेशान केसी, उर्मिला पन्त पाण्डेय, राजबाबु श्रेष्ठ सागर, गङ्गा कर्माचार्य पौडेलले, पत्रकार केशव पाठकलाई उपन्यासकार शंकर भारती, साहित्यकार ढुण्डीराज पोखरेल, शिक्षिका रजनी बस्नेत र साहित्यकार तिलकप्रसाद लुइँटेलले, गायिका स्वेता उप्रेतीलाई सङ्गीतकार तथा निर्देशक केशव सान्दाइ, कलाकार तथा साहित्यकारहरु विक्रममान श्रेष्ठ, माधवलाल श्रेष्ठ र कामनपा वडा ३१ का अध्यक्ष सरोज ढकाल र शिक्षासेवी शेषमणि भट्टराईलाई साहित्यकारहरु कलाधर काफ्ले, विष्णुबहादुर सिंह, मधुसूदन घिमिरे र वेदमणि घिमिरेले माला, रुद्राक्षको माला, सास र सम्मानपत्र प्रदान गरि सम्मान गरेका थिए। 

संस्थाका अध्यक्ष गायक पुष्कर जङ्गमले सम्मानित सबैलाई टिका लगाईदिएका थिए। शिक्षासेवी भट्टराईलाई उनका विद्यार्थीहरु सरोज ढकाल, रोसन गिरी, कृष्ण खड्का, कुमार चिमोरिया, श्रीधर रेग्मी, सपना शिवाकोटी लगायतले खादा लगाएर सम्मान गरेका थिए।  पुर्व अध्यक्ष विमल कोइरालाले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष पुष्कर जङ्गमले स्वागत र संस्थापक कोषाध्यक्ष कल्पना शिवाकोटीले संस्थाको गतिविधिका  बारे जानकारी गराएकी थिइन्अ।

छ दर्जन व्यक्तित्वको उपस्थितिमा भएको रजत उत्सव कार्यक्रममा राजनितीज्ञ तथा कवि रविन्द्र मिश्र, साहित्यकारहरु  डा.मधुसूदन लामिछाने, दुर्गा अधिकारी भमरकोटे, रामकुमार पण्डित क्षेत्री र रन्जु दाहालले रचना वाचन गरेका थिए।उपस्थितिहरु मध्ये एक जनालाई गोला प्रथा मार्फत दिइने पुरस्कार प्रभा श्रेष्ठले प्राप्त गरेकी थिइन्सो। विमल कोइराला, केशव सान्दाइ र निबन्ध आचार्यले पहिलो सिम्पल सम्मान कार्यक्रम आयोजना गरेर २०५५ साल फागुन ७ गते सिम्पल आर्ट्स नामक संस्था स्थापना गरेका थिए।