फेवातालमा फसेका तीन जनाको सशस्त्र प्रहरीले गर्‍यो सकुशल उद्वार

HTV Khabar २१ फाल्गुन २०८१, बुधवार ०८:०३ मा प्रकाशित

काठमाडौं,  पोखराको फेवातालमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ।

मंगलवार एक्कासी आएको हावाहुरीका कारण बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ४३ वर्षिय राजन उप्रेती, ४५ वर्षिय केशव दाहाल र ४७ वर्षिय विष्णुहरी दाहाल फेवातालमा प्याडल बोटमा बोटिङ्ग गरिरहेको अवस्थामा फसेका थिए।

जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले मोटर बोटको सहायताले उनीहरुको सकुशल उद्दार गरेको सशस्त्र प्रहरीले जनाएको छ।