काठमाडौं, सामाजिक कार्यमा अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको संस्था "हामी छौं" ले सम्पदा सरसफाइ अभियान अन्तर्गत काठमाडौंका विभिन्न मठमन्दिरहरुको सरसफाइ तथा सम्बर्द्धन गर्दै आएको छ।
यसैक्रममा आज शनिवार बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ कपनस्थित माता बङ्गलामूखीको मन्दिर सरसफाइ गरेको छ। बङ्गलामूखी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शशी शर्माको उपस्थितिमा "हामी छौं" संस्थाका अध्यक्ष राजाराम कपालीको नेतृत्वमा उपस्थिति पदाधिकारीहरुले मन्दिर सरसफाइ गरेका थिए।
उक्त अवसरमा बागमती प्रदेशसभा सदस्य श्रीराम लामिछाने, नेपाली काङ्ग्रेसका नेताहरू विनोद चालिसे, प्रवेश लामिछाने, राजाराम बुढाथोकी, राधेश्याम कार्की, डिल्ली रिजाललगायतको उपस्थिति रहेको थियो।