निरन्तर बर्षाले मौसम प्रतिकुल हुँदा पोखराका सबै उडान बन्द

HTV Khabar २० अशोज २०७९, बिहीबार १०:१२ मा प्रकाशित

काठमाडौं, बिहीबार प्रतिकूल मौसमका कारण काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन्।

काठमाडौं विमानस्थलसहित नजिकका विमानस्थल निरन्तरको वर्षाका कारण बढी प्रभावित भएको छ। जसले गर्दा भरतपुरका उडानहरु समेत प्रभावित भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

बुद्ध एयरले विहिवारलागि पोखरामा निर्धारित सबै उडान रद्द भएको जानकारी गराएको छ।

कम्पनीका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार पोखराबाट काठमाडौंबाहेकका अन्य विमानस्थलमा भइरहेको उडान समेत आज रद्द हुन पुगेको छ।

दशैंमा टिका लगाउन घर गएका मानिसहरु जहाजमा फर्कने भएकाले अहिले  बाहिरबाट काठमाडौं आउने उडानमा बढी चाप हुन्छ।

काठमाडौंबाट बाहिर जाने यात्रुको चाप तुलनात्मक रुपमा कम हुने कर्णले जानकारी दिए।