आजदेखी सुरु भयो नाडा अटो शो २०२३, अर्थमन्त्री महतले गरे उद्घाटन

सबिन पन्त 'पृथक' २६ भाद्र २०८०, मङ्गलबार ०६:५४ मा प्रकाशित

काठमाडौं, नयाँ सवारी साधन वृहत् प्रदर्शनी ‘बृहत् नाडा अटो शो’ २०२३ आजबाट शुरु भएको छ। अटो शो को १५ औं संस्करणको आज  राजधानीकोभृकुटीमण्डपमा अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गरेका हुन्। 

‘द बिगेस्ट शो अफ नेपाल’ भनिएको अटो शो को झण्डै ४ वर्षपछि आयोजना भएको नाडा अटो शो मा करिब १२० स्टलमा साना ठूला विभिन्न प्रकारका सवारीसाधनको प्रदर्शन गरिने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुर्व थापाले एचटिभी खबरलाई बताए।  

प्रदर्शनीमा सवारी साधनका साथै, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता रहि प्रदर्शनी र बिक्रीवितरण भएको छ।

जसमध्ये १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा बैंक तथा वित्तीय संस्था र ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ।

आजदेखी सुरु भएको अटो शोमा झण्डै एक लाख अवलोकनकर्ताहरूले शो को अवलोकन गर्ने नाडाको अनुमान रहेको छ। भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना भएको अटो शोको अवलोकनकर्ताले प्रतिव्यक्ति २ सय रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

पर्यटन बोर्डको सभाकक्षमा आयोजित  औपचारिक कार्यक्रम पश्चात् अर्थमन्त्री महतले स्टलमा गएर नयाँ लन्च भएका मोटरहरुको उद्घाटन गरेका थिए।