नयाँ सरकार गठनको पूर्वसन्ध्यामा कांग्रेसका हिन्दूवादी नेताहरु एकजुट

HTV Khabar २५ असार २०८१, सोमबार ०२:४४ मा प्रकाशित

काठमाडौं, कांग्रेस र एमालेको गठबन्धनमा नयाँ सरकार गठनको तयारी भइरहँदा कांग्रेसका हिन्दूवादी नेताहरु एकजुट भएका छन्।

कांग्रेसका हिन्दूवादी नेताहरु पार्टीका केन्द्रीय सदस्य एवं नेपाल कांग्रेस वैदिक सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक शंकर भण्डारीको महाराजगञ्ज सम्पर्क कार्यालयमा भेला भएका हुन्।

भेलामा कांग्रेसका केन्द्रीय सदस्यहरु देवेन्द्रराज कंडेल, पुष्पा भुसाल, नेतृहरु गंमनी शाही, मुक्तकुमारी यादव, सीता देवकोटालगायत सहभागी थिए।

भेलामा नयाँ सरकार निर्माण र संविधान संशोधनका क्रममा हिन्दू राष्ट्र स्थापनाको विषयलाई एजेण्डाका रुपमा अगाडि बढाउनुपर्नेमा छलफल भएको बताइएकाे छ।हिन्दूवादी नेता भण्डारीलाई आगामी सरकारमा समावेश गर्न उक्त भेलाले दबाब सिर्जना गर्ने अनुमान गरिएको छ।