७५०० मतान्तरले गगन थापा विजयी, आधिकारिक घोषणा हुन बाँकी

सबिन पन्त 'पृथक' ६ मंगशिर २०७९, मङ्गलबार ०५:२८ मा प्रकाशित

काठमाडौं,  मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा काठमाडौं क्षेत्र नं.-४ बाट २१३०१ मत ल्याएर नेपाली काङ्ग्रेसका गगन कुमार थापा विजयी भएका छन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका डा.राजन भट्टराईले १३८५५ मत प्राप्त गरेका छन् भने करिब ७५०० मतान्तरले थापा विजयी भएका छन्।