नगरप्रमुख रिसालको आतिथ्यतामा सुनौलो पाइलाको स्मारिका विमोचन

HTV Khabar ८ कार्तिक २०७९, मङ्गलबार १०:२३ मा प्रकाशित

काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा रहेको  ‘सुनौलो पाइला’ संस्थाको  चौथो  स्मारिका विमोचन गरिएको छ। गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा दिपावली, नेपाल संवत ११४३ र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन गरिएको थियोे।                                                                                                                                                           मङ्गलवार जोरपाटी स्थित पिस बेङ्क्वेटमा संस्थाकी संस्थापक अध्यक्ष रोजिना बिष्ट (रोज) को अध्यक्षतामा आयोजित कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका उप प्रमुख सानान्नी लामा वडा अध्यक्षहरु नेपाली काङ्ग्रेस  काठमाडौं -३ बाट प्रतिनिधि सभा उम्मेदवार एवं नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसे, काठमाडौं क्षेत्र नं ३ प्रदेश १ का उम्मेदवार छिरिङ दोर्जे लामा, काठमाडौं क्षेत्र नं ३  प्रदेश २ का  उम्मेदवार बिमल ठकुरी  लगायत आयोजक संस्थाका पदाधिकारी समाजसेवीहरु, महिला समुहहरूको प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहित स्थानीयको उपस्थिति बाक्लो रहेको थियो।

कार्यक्रमको प्रमुख अतिथि बिशेष अतिथिहरुले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए। संस्थाकी अध्यक्ष अमृता केसी (रोनी)ले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेको कार्यक्रममा  राखेको कार्यक्रमलाइ दिपावली, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरिनुको साथै देउसी भैलो समेत खेलिएको थियो। संस्थाका बालबालिकाले मनमोहक नृत्य प्रस्तुत गरेका थिए।                                                                   कार्यक्रमलाइ गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, उप प्रमुख सान्नानी लामा  नेपाली काङ्ग्रेस काठमाडौं-३ बाट प्रतिनिधि सभा उम्मेदवार एव नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसे लगायतले सुनौलो पाइला संस्थाले गरेका उत्कृष्ट कार्यहरूको प्रसंसा गर्दै शुभकामनासहित संस्थालाई बिगतमा जस्तै सहयोग गर्ने मनसाय व्यक्त गरेका थिए।