आज तरकारी र फलफूलको मूल्य

HTV Khabar ३ माघ २०७९, मङ्गलबार ०५:४२ मा प्रकाशित

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि हरियो तरकारी र फलफूलको मूल्य तोकेको छ। जसअनुसार आज रातो आलु ३४ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ।

सुन्तला १२० रुपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ। साथै, हरियो अंगुर १८०, अम्बा १००, आभोकाडो ३००, किवी २५० प्रतिकेजी र केरा एक दर्जनको १२० रुपैयाँ रहेको छ।