काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघले विहिवार नेपाली बजारमा सुन र चाँदीकै मूल्य बढेको जनाएको छ। महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ।
बुधवार सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको थियो। मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ छ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ थियो। यस्तै, १० रुपैयाँ बढेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ पुगेको छ। बुधवार चाँदीको कारोबार प्रतितोला १४ सय १५ रुपैयाँमा भएको थियो।