सुनचाँदीको मूल्य घट्याे, प्रतिताेला कति पुग्याे ?

HTV Khabar १४ चैत्र २०७९, मङ्गलबार ०७:२८ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। आईतवारदेखि घटेको सुनको मूल्यले मङ्ग्लवार पनि निरन्तरता पाएको छ। आज प्रतितोला एक हजार रुपैयाँले सुनको मूल्य घटेको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमवार छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मङ्गलवार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमवार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो। सोमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।