अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालीन कार्यसमिति बैठकले आठ वटा निर्णय गरेको छ।
शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठकले फुटबलका महान खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारितसहित आठ निर्णय गरेको हो।
बैठकले नेपाली राष्ट्रिय महिला टोलीलाई फेब्रुअरी १३ देखि २५ सम्ममा भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको प्रस्ताव स्वीकार गर्ने, सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ फागुन १९ र सहिद स्मारक ‘बी’ डिभिजन लिग २०७९ चैत्र १५ बाट सुरु गर्ने निर्णय गरेको छ।