फुलहममाथि युनाइटेडको जित

HTV Khabar २८ कार्तिक २०७९, सोमबार ०३:५० मा प्रकाशित

काठमाडौं,  इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले फुलहमलाई २-१ ले हराएको छ।

१४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए। ६१औं मिनेटमा डानिल जेम्सले फुलहमलाई बराबरीमा फर्काए।                                                    इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले गोल गर्दै युनाईटेडलाई विश्वकप अघिको विश्राममा महत्वपूर्ण तीन अंक दिलाए।

जितसँगै युनाईटेडले १४ खेलमा २४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। फुलहम १९ अंक जोडेर नवौं स्थानमा छ।