बढ्याे सुनको मूल्य, प्रतिताेला कति पुग्याे ?

HTV Khabar २१ असार २०८०, बिहीबार ०६:२० मा प्रकाशित

नेपाली बजारमा विहिवार सुनको मूल्य सामान्य बढेको छ। बुधवार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य विहिवार अघिल्लो दिनको तुलनामा प्रतितोला १०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिवार छापावाल सुन प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधवार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, विहिवार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ। विहिवार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।