- गृहपृष्ठ
- एकैपटक ९ वटा लायन्स क्लबको पदस्थापन दुई नयाँ क्लब उद्घाटन
एकैपटक ९ वटा लायन्स क्लबको पदस्थापन दुई नयाँ क्लब उद्घाटन
HTV Khabar
३ कार्तिक २०७९, बिहीबार ०१:१४ मा प्रकाशित
काठमाडौं, लायन्स क्लब्स ईन्टरनेसनेल डिष्ट्रिक्ट ३२५ 'एम' नेपाल बागमति एरीया को पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
डिष्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेलको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रम रिजन २ का रिजन चियरपर्सन लायन बिष्णु प्रसाद आचार्यको मातहतका जोन ४ का चियरपर्सन लायन कोकनाथ भट्टराई र रिजन ६ का रिजन चियरपर्सन लायन कल्पना घिमिरे मातहतका जोन १२ का चियरपर्सन लायन गोमा लामा को संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ देउराली, लायन्स क्लब अफ काठमाडौं देउराली बुद्धल्याण्ड, लायन्स क्लब अफ काठमाडौं बुद्धल्याण्ड चौतारा, लायन्स क्लब अफ काठमाडौं बुद्धल्याण्ड सिटि, लायन्स क्लब अफ काठमाडौं धापासि र लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टार, लायन्स क्लब अफ काठमाडौं आरम्भ देउराली, लायन्स क्लब अफ काठमाडौं देउराली सहारा युथ, लायन्स क्लब अफ काठमाडौं टोखा धापासि, लायन्स क्लब अफ काठमाडौं अन्नपुर्ण देउरालीका लायन वर्ष २०२२/२३ का लागि निर्वाचित पदाधिकारीको पदस्थापन गरिएको थियो।
कार्यक्रममा फस्ट लेडी मन्दिरा खनाल पौडेल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन भिमलाल पौड्याल, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन चण्डी प्रसाद अर्याल, क्याबिनेट सेक्रेटरी लायन रत्न पराजुली, डिष्ट्रिक्ट कोषाध्यक्ष लायन शिवनारायण श्रेष्ठ, डिष्ट्रिक्ट प्रमुख सल्लाहकार लायन धनिराम बराल तथा डिष्ट्रिक्टका अग्रज लीडरहरु को उपस्थिति रहेको थियो।