लायन्स क्लब साझा फूलबारीको आयोजनामा यज्ञप्रसाद पन्त दम्पतीद्वारा न्यानो कपडा वितरण

सबिन पन्त 'पृथक' १९ पौष २०७९, मङ्गलबार ०३:५८ मा प्रकाशित
काठमाडौं, यज्ञ प्रसाद पन्त तथा लक्ष्मी देवी  पन्तले काभ्रेपलान्चोक,  तिमाल गाउँपालिका -८ स्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गर्नुभएको छ।                                              काभ्रे जिल्ला तिमाल -८ स्थित २०३४ सालमा स्थापित श्री जनज्योती माध्यमिक विद्यालयका संस्थापक समाजसेवी यज्ञ प्रसाद पन्त तथा उहाँकि धर्मपत्नी लक्ष्मी देवी पन्तले उक्त विद्यालयमा अध्ययनरत १८० जना बालबालिकाहरुलाई स्विटर, एक/एक दर्जन कापी र २ वटाका दरले कलम वितरण गर्नुभएको हो।                उक्त कार्यक्रममा आयोजक संस्था लायन्स क्लब अफ काठमाडौं साझा फुलवारीका  अध्यक्ष ला. गणेश प्रसाद पन्त, तिमाल गाउँपालिकाका प्रतिनिधि, वडा ८ का अध्यक्ष विद्यालयका शिक्षक कर्मचारीलगायत बिशिष्ट महानुभावहरुको उपस्थिती रहेको थियो भने उपस्थित अतिथिहरुको स्वागतमा विद्यालयका बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए।