आज सोनाम ल्होसार, बूढानीलकण्ठमा पनि मनाइँदै

HTV Khabar ८ माघ २०७९, आइतबार ०३:३५ मा प्रकाशित

आज सोनाम ल्होसार-२८५९ मनाइँदैछ।

तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो।

पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेकोछ।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ।

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ। यस वर्षको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ।

बूढानीलकण्ठ नगरपालिकाले पनि उपप्रमुखको संयोजनमा ल्होसार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेर पर्व मनाउन लागेको छ। नगरको वडा ८ स्थित बास्केटबल मैदानमा दिउँसो १:०० बजे यो कार्यक्रम हुँदैछ।