इन्डोनेसियाको भूकम्प मृत्यु हुनेको संख्या ३१० पुग्यो

HTV Khabar १० मंगशिर २०७९, शनिबार ०७:०७ मा प्रकाशित

क्वलालम्पुर,यस हप्ता इन्डोनेसिया को मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुगेको छ।

देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो। एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा पहिरो र भवनहरू भत्किएपछि २४ जना बेपत्ता रहेको बताए।                                                                    भूकम्पले ठूलो भौतिक क्षति भएको छ। भूकम्पपछि आवास तथा संरचनामा क्षति भएको छ।