सामसुङले नेपालमै पहिलो पटक 0% ब्याजमा अधिकतम एक घण्टाभित्र ई.एम.आई. (EMI) गर्ने ग्राहकलाई मोबाइल फोन उपलब्ध गराउने भएको छ। सामसुङले पच्चीस हजार मुल्य माथिका मोबाइल फोनमा ई.एम.आई. (EMI) सुविधा उपलब्ध गराएको हो।
हुलास फाइनान्स सर्भिस लिमिटेडको सहकार्यमा सामसुङ नेपालले आफ्ना ग्राहक महानुभावहरुलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने उदेश्यसहित गतसाता देखि EMI अर्थात फोनलोन सुविधा संचालनमा ल्याएको छ। जिपिआरएस मोबाइल एरियाबाट पहिलो चरणमा कलङ्की, बालाजु, सामाखुसी, बसुन्धरा, सोह्रखुट्टे, स्वयम्भू, कालिमाटी, कीर्तिपुर लगायतका सत्रवटा मोबाइल पसलबाट EMI गर्न सकिने ब्यवस्था मिलाएको छ।
0% ब्याजदरमा EMI गरेको एक घण्टाभित्र ग्राहकले सामसुङ ब्रान्डका मोबाइल फोन प्राप्त गर्नसक्ने सामसुङ मोबाइलका क्षेत्रीय बितरक जिपिआरएस मोबाइल प्राइभेट लिमिटेडका म्यानेजर केशब जंग कुँवरले जानकारी दिएका छन्। आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले सामसुङले उक्त EMI सुविधा संचालनमा ल्याएको रघु त्रिपाठीले बताए।
EMI सुविधा प्राप्त गर्न ग्राहकले नागरिकताको फोटोकपी, फोटो, आयस्रोतको कागजात र एक जना साक्षीमात्र भएमा फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्ने पनि उनले बताएका छन्। उक्त कर्जा ग्राहकलाई ३, ६, ९ र १२ महिनासम्मको हुनेछ।