माघे संक्रान्ति मेला आयोजना गर्दै ग्याष्ट्रोनोमी टुरिजम

सबिन पन्त 'पृथक' २९ पौष २०७९, शुक्रबार ०२:२१ मा प्रकाशित
बूढानीलकण्ठ वडा नं. ११ सूर्योदय चोकस्थित वृक्षालय रिसोर्टमा प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा माघे संक्रान्ति मेला आयोजना हुने भएको छ।                                                                                नेपाली काङ्ग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापाको प्रमुख आतिथ्यतामा जैविक विविधताको संरक्षण, प्रर्वद्धन र बजारीकरणमा टेवा पुर्‍याउने उदेश्यका साथ ग्याष्ट्रोनोमी टुरिजम एसोसियसन अफ नेपाल, रैथाने एग्री प्रडक्टस् नेपाल, इन्टरनेसनल नेपलिज सेफ सोसाइटी यूके र यात्रा अनलाइन टीभीको आयोजनामा वाली बिकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र राष्ट्रिय जिन बैंक नेपालको सहआयोजनामा हुनलागेको ग्याष्ट्रोनोमी टुरिजम एसोसियसन अफ नेपालका अध्यक्ष रमेश भण्डारीले एचटिभी खबरलाई बताएका छन्।                                                                                पहिलोपटक हुनलागेको कृषि जैविक विविधता दिवस तथा माघे संक्रान्ति मेलामा विभिन्न प्रकारका रैथाने खानाका परिकारहरु पनि उपलब्ध हुनेछ। मेलामा सहभागी हुने अतिथिहरुलाई नि:शुक्ल रूपमा खाना विभिन्न व्यञ्जन खुवाईने पनि आयोजक भण्डारीले बताए।  उक्त कार्यक्रममा  बालि विकास तथा कृषि जैविक विवधता संरक्षण केन्द्रका प्रमुख डा.रामकृष्ण श्रेष्ठ, नेपाल कृषि अनुसन्धान परिषद्का डा.बालकृष्ण जोशी, बागमती प्रदेशसभा सदस्य जयराम थापा, बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीलगायत सरोकारवालाहरुको उपस्थिति रहनेछ। 
                                                 नेपाल सरकारले यसै बर्ष देखि माघ १ गते कृषि जैविक विविधता दिवस र माघ १ देखि ७ गतेसम्म कृषि जैविक विविधता सप्ताह मनाउने निर्णय समेत गरेको छ।