सामसङ स्मार्टफोन अब किस्ताबन्दीमा!

HTV Khabar ७ असार २०८०, बिहीबार ०२:३३ मा प्रकाशित

सामसङले २५ हजारभन्दा महँगा स्मार्टफोन किस्ता बन्दीमा बिक्री गर्ने भएको छ। यस्तो फोन खरिद गर्ने ग्राहकले शून्यप्रतिशत ब्याजदरमा वित्तीय सुविधा पाइने पनि कम्पनाीले जनाएको छ।

इन्स्टा फाइनान्स कार्यक्रम सुरुवात गर्दै कम्पनीले यस्तो घोषणा गरेको सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बताए। सासमङ इन्स्टा फाइनान्सले ग्राहकलाई सहजतापूर्वक सामसङको अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सहयोग गर्ने पनि उनको दाबी छ। सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० वटाभन्दा धेरै शोरुमहरुमा इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउने पनि उनले बताए।

यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत् बढाउँदै लग्ने योजना सामसङको रहेको छ। यो प्रक्रिया सरल, झन्झटरहित र तुरुन्तै हुने प्रक्रिया रहेको पनि कम्पनीले जनाएको छ। यसका लागि क्रेडिट कार्ड नचाहिने, ग्राहकले केही सामान्य प्रक्रियाहरु पूरा गरेपछि तत्काल कर्जा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकहरुले आवश्यक कागजातहरु (आवेदकको नागरिकता प्रमाणपत्र र फोटो, ग्यारेन्टर बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र) सहित इन्स्टा फाइनान्सको सेवा प्रदान गरिरहेको स्टोरमा जानु पर्नेछ। यसरी उपलब्ध गराइएका कागजात प्रमाणीकरण भएपछि ग्राहकले कानुनी कागजातहमा हस्ताक्षर गर्नु पर्नेछ।