नेपाल मोबाइल बितरक संघले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तुरून्त लागुगर्न माग गरेको छ। आज पत्रकार सम्मेलन गरेर सो कुरा माग गरेको हो।
विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मिहरूको उपस्थितिमा लैनचौरस्थित मल्ल होटलमा आयोजित कार्यक्रममा संघले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (MDMS) समयमानै लागू हुनुपर्ने, चोरी पैठारीबाट आयातित फोन बिक्रीवितरणमा कडाइका साथ नियन्त्रण गरिनुपर्ने जोडदार माग गरिएको मोबाइल वितरक संघका महासचिव रघु त्रिपाठीले एचटिभी खबरलाई बताएका छन् ।
सरकारले बिदेशबाट आउने नेपाली नागरिकहरुको हकमा भन्सार छुटमा मोबाईल फोन ल्याउन दिई मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम(MDMS) मा निशुल्क दर्तागर्ने व्यवस्था मिलाउन र अवैधरुपमा भन्सार छलेर ल्याएका अबैध फोनको खुलेआम बिक्रीवितरण रोक्न सरकारसँग माग गरेको उनले बताए।
संघले हजारौ नेपालीलाई रोजगारी प्रदान गर्दै राज्यलाई कर तिरेर वैधानिक कारोबार गर्ने मोबाईल ब्यवसायीहरु मार्कामा परेको समेत महासचिव त्रिपाठीले गुनासो गरे।