सुनचाँदीको मूल्यमा गिरावट

HTV Khabar १७ कार्तिक २०७९, बिहीबार ०६:३४ मा प्रकाशित

विहिवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

बुधबार प्रतितोला ९३ हजार ६ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा ४ सय रुपियाँले घटेर ९३ हजार २ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार ७ सय रुपियाँ रहेको छ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। विहिवार चाँदी तोलामा १० रुपियाँले घटेर १२ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जानेको छ।