आज देशका केही भागमा पानी पर्ने, भोलिदेखि मौसम सफा हुने

HTV Khabar ११ माघ २०७९, बुधवार ०२:१९ मा प्रकाशित

आज पनि देशका केही ठाउँमा वर्षा र हिमपात हुने भएको छ।

पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली,  गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ।

विहिवार र शुक्रवार भने आंशिकदेखि समान्यत बदली भए पनि पानी र हिमपात हुने सम्भावना न्यून छ।