काठमाडौं, सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन बिदा दिने निर्णय गरेको छ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। निर्वाचन आयोगको सिफारिसमा सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो।
निर्वाचनअघि फागुन १८ गते (पहाड) र १९ गते (तराईं)मा होली पर्वको बिदा हुने छ। यस्तै, फागुन २३ गते शनिवार र २४ गते आईतवार नारी दिवसको बिदा परेकोले चुनावका बेला एक हप्ता नै बिदा हुने भएको छ।