एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

HTV Khabar ३० पौष २०८१, मङ्गलबार ०४:४० मा प्रकाशित

काठमाडौं,  नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन्। चेक अनादर सम्बन्धी कसुरमा जाहेरी परेपछि मल्ललाई पक्राउ गरिएको हो। युवा संघकै एक जना नेतासँग लेनदेनको विषयलाई लिएर जाहेरी परेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो।

उक्त जाहेरीमाथि अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार, २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि प्रहरीमा उजुरी परेको थियो।चेक बाउन्स भएको घटनामा दुई पक्षबीच जुनसुकै चरणमा पनि मिलापत्र हुनसक्छ। त्यसैले दुवै पक्षलाई राखेर छलफल गराइ राखिएको प्रहरीले जनाएको छ।