आँधीका कारण रोकियो लिभरपुलको खेल

HTV Khabar २३ मंगशिर २०८१, आइतबार ०८:०२ मा प्रकाशित

काठमाडौं,  डराग नामको आँधीका कारण लिभरपुल र एभरटिनको शनिवार साँझको हुने भनिएको इङ्लिस प्रिमियर सिपको खेल रोकिएको छ।

अर्को खेलमा क्रिस्टल प्यालेस र म्यानचेस्टर सिटीले २-२ गोलको बराबरी गरे। खेलमा सिटी २ पटकपछि परेको थियो।

चौथो मिनेटमा डानियल मुनोजको गोलमा क्रिस्टल प्यालेसले अग्रता लिएको खेलको ३० औँ मिनेटमा एर्लिङ हलान्डले सिटीका लागि बराबरी गोल गरे।

खेलको ५६ औं मिनेटमा हुगको कर्नरमा म्याक्सेन लोक्रिक्सले हेड गोल गर्दै क्रिस्टल प्यालेसलाई दोस्रो पटक अग्रता दिलाएका थिए। त्यसको १२ मिनेटमा रिको लेविसले सिटीका लागि बराबरी गोल गरे। ८४ औं मिनेटमा लेविसले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो।

प्रिमियर सिपका अन्य खेलमा अस्टन भिल्लाले साउथहम्टनलाई १-० ले हरायो भने न्यु क्याशल युनाइटेडले ब्रेन्टफोर्डसँगको खेलमा ४-२ को सफलता पायो। नटिङघम फरेस्टले म्यानचेस्टर युनाइटेडलाई ३-२ ले हरायो।

अङ्क तालिकामा १४ खेल खेलेका लिभरपुल ३८ सहित पहिलो, चेल्सी २८ अङ्कसहित दोस्रो तथा समान अङ्क भएको आर्सनल तेस्रो स्थानमा छन्। १५ खेल खेलेको सिटी भने २७ अङ्कसहित चौथो स्थानमा छ। फरेस्ट र भिल्लाको २५ अङ्क छ।