काठमाडौं, काठमाडौंमा पेस्तोलसहित दुईजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सोमवार दिउँसो २ बजेतिर महोत्तरी घर भएका २९ वर्षीय सुरेश कुमार राम र दिनेश कुमार राम पक्राउ परेका हुन्।
उनीहरूले काठमाडौं-८ तिलगंगास्थित डेरामा कटुवा पेस्तोल एक थान, कटुवा पेस्तोलको म्यागेजिन २ थान, खुकुरी एक थान, मोबाइल २ थान लुकाइराखेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीहरुले किटक्याट लेखेर राखेको बट्टाभित्र ती सामान लुकाएर राखेका थिए। पक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान थालेको छ।