चितवन २ मा भारी मतान्तरले रवि लामिछाने विजयी

सबिन पन्त 'पृथक' ८ मंगशिर २०७९, बिहीबार ०६:४२ मा प्रकाशित

काठमाडौं, चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन्।

लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। तर औपचारिक घोषणा भने हुन बाँकी छ।                                                                                  उनले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन्। सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४९ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा ६७.३ प्रतिशत अर्थात् ८४ हजार तीन सय १५ मत खसेको थियो। लामिछानेलाई निकटतम् प्रतिस्पर्धी पोखरेल र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिएका छन्। सो क्रममा लामिछानेले छलफल गरी आफू अघि बढ्ने बताएका छन्।