ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) को सम्पूर्ण बैंकिङ कारोबार दुई दिन बन्द हुने भएको छ। ग्लोबल आइएमई र बीओके यहीँ आउँदो पुस २५ गतेदेखि एकीकृत कारोबारमा जानेभएसँगै प्राविधिक तयारीका लागि पुस २३ र २४ गते (शनिबार र आइतबार) दुबै बैंकको कारोबार बन्द हुने भएको हो। मर्जरका लागि यी दुबै बैंकहरुले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत अन्तिम स्वीकृति पाइसकेका छन्। ग्लोबल आइएमई बैंक लिमिटेडको गत मंसिर २३ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले र बैंक अफ काठमाण्डूको सोही मंसिर २३ गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो। योसँगै मर्जरका लागि राष्ट्र बैंक समक्ष प्रस्ताव गरेकोमा बैंकहरुले पुस २५ गते ग्लोबल आइएमई बैंक लिमिटेडको नाममा एकीकृत कारोबारमा जाने गरी स्वीकृति पाएको हो।मर्जरपछिको ग्लोबल आइएमई बैंक ३४ अर्बमाथिको चुक्तापुँजी सहित ठूलो बैंक बन्दैछ।