सुदूरपश्चिम प्रदेशको सभामुख चयन माघ २ मा गरिने

HTV Khabar १७ पौष २०७९, आइतबार १०:२५ मा प्रकाशित

काठमाडौं, सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने भएको छ। आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो। आईतवार प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावलको  अध्यक्षतामा बसेको  सर्वदलीय बैठकले माघ २ गते सभामुख र त्यस पछि उप सभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेशसभाको बैठक भोलिका लागि बोलाइएको छ। बैठकको पूर्वसन्ध्यामा प्रदेशसभाका  जेष्ठ सदस्य मानबहादुर रावलले सर्वदलीय बैठक बोलाएका हुन्। सर्वदलीय बैठकले आगामी २ माघमा निर्वाचन गर्ने सहमति गरेको प्रदेशसभाका सचिव देवबहादुर बोगटीले बताएका छन्।                                                             प्रदेशसभा सञ्चालन ऐनअनुसार प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ।