एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू गर्दै जसपा

HTV Khabar १४ भाद्र २०८०, बिहीबार ०३:१२ मा प्रकाशित

काठमाडौं,जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ।

हाल पार्टीले सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथासुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिकरूपले सक्षम बनाउनु र पार्टीगत समितिलाई विधानले व्यवस्था गरे बमोजिमको पदाधिकारी र सदस्य सङ्ख्यामा सीमित गरी गठन, पुनर्गठन र रूपान्तरण गर्नु रहेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। 

उनका अनुसार जसपाले  पार्टीको अधिकार पार्टी सदस्यमा निहीत रहने व्यवस्था गरेको छ। सोअनुसार पार्टीका  प्रादेशिक  संरचनाले  पनि आफ्नो क्षेत्राधिकारभित्रको काम आफै गर्न सक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नुपर्ने व्यवस्था गरिएको हो।