काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-८ स्थित जगन्नाथ मन्दिर अब रविन अधिकारीको नेतृत्वमा जगन्नाथ धाम बन्ने निश्चित भएको छ।
बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अनुसार जगन्नाथ मन्दिरलाई धाम बनाउने कार्यको पूर्वाधार निर्माणको लागि, अतिथि भवनको पूर्वाधार निर्माणका लागि र अतिथि भवन निर्माणका लागि गरि ८० लाख बजेट विनियोजन गरिएको छ।
जगन्नाथ मन्दिर संरक्षण समितिका अध्यक्ष रविन अधिकारीले प्रदेश सरकारले ८० लाख बजेट विनियोजन गरेर जगन्नाथ धाम निर्माण गर्न देखाएको सदासयता प्रति धन्यवाद दिदै छिट्टै नै जगन्नाथ मन्दिर क्षेत्रलाई धामको रूपमा निर्माण गरिने एचटिभी खबरलाई बताए।
अधिकारीले संसारमा जतिसुकै भौतिक विकास भएपनि जबसम्म अध्यात्म र धर्मको संरक्षण हुनसक्दैन तब मानिस नैतिकवान हुन नस्क्ने हुँदा बिचलित हुनेभएकोले धर्मको संरक्षण गरिनु पर्ने बताए। धर्म भनेको नै परोपकार हो भन्दै कसरी अरुको हित हुन्छ त्यही सोचेर मन्दिर क्षेत्रलाई धाम बनाउन लागिपरेको पनि उनले बताए।
जगन्नाथ मन्दिर आसपास रहेको १९ रोपनी सार्वजनिक जग्गाको सदुपयोग गरेर जगन्नाथ धाम निर्माण गरिने जहाँ नि:शुल्क खानबस्न सहितको अतिथि भवन रमणीय वातावरणसहितको अधात्यमिक केन्द्र उधान सबै हुने अध्यक्ष अधिकारीले जानकारी दिए।