गढीमाई मेलाको अवसरमा मधेश प्रदेशभर सार्वजनिक बिदा

HTV Khabar २३ मंगशिर २०८१, आइतबार ०९:३२ मा प्रकाशित

काठमाडौं, बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा सरकारले आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ। स्थानीय विद्यालयहरु शुक्रवारदेखि नै बन्द छन्।

गढीमाईमा हरेक पाँच–पाँच वर्षमा ठूलो मेला लाग्दछ। हाल बरियारपुरमा दर्शनार्थीहरुको भीड छ। दर्शनार्थीहरुको सहजताका लागि सुरक्षाकर्मी, स्वयंसेवक, पानी, बिजुली, शौचालय, पार्किङ, सीसी टिभी क्यामरा लगायतको व्यवस्था मिलाइएको छ।