शुक्रवार पनि सार्वजनिक बिदा !
सबिन पन्त 'पृथक'
१३ भाद्र २०८०, बुधवार ०५:५८ मा प्रकाशित
काठमाडौं, भदौ १५ गते शुक्रवार काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा सार्वजनिक बिदा दिने भएको छ। सापारु र रोपाइँ जात्रा मनाईने प्रचलनअनुसार उक्त परम्परालाई निरन्तरता दिई उक्त दिन काठमाडौं महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिने निर्णय गरेको हो। उक्त कुरा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी हस्ताक्षरित सूचनामा जनाईएको छ।
