मुद्दा हाल्ने उद्योग नचलाईयोस, घण्टीलाई बजाउने मात्रै होईन घण्टीले बजाउन पनि मिल्छ - रवि लामिछाने

HTV Khabar ११ जेठ २०८०, बिहीबार ०७:४६ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध लगातार मुद्दा चलाइएको भन्दै आक्रोश पोखेका छन्।

सभापति लामिछानेको सांसद पद खारेजीको माग गर्दै युवराज पौडेलले दायर गरेको रिट निवेदन बुधवार सर्वोच्च अदालतमा दर्ता भएको भोलिपल्ट उनले इरिटेट गर्ने पनि सीमा हुने प्रतिक्रिया दिएका हुन्।

आफ्नो नागरिकता प्रकरणको विषयमा सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरिसकेको र अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको उल्लेख गर्दै उनले फेरि प्रश्न उठाउनुपर्ने कारण नभएको जिकिर गरेका छन्। ‘अदालतमा मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्।’ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्।

‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइ सकेको थिएँ। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएँ।’ उनले थपेका छन्,।

लामिछानेले चेतावनी दिँदै भनेका छन्,’ घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।’